Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


एमाले अध्यक्ष ओली झापामा चुनावी दौडधुपमा व्यस्त

ओली आज दमक र गौरीगञ्जका १३ वटा टोलमा पुग्दै

156
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार झापा-५ निर्वाचन क्षेत्रको दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँगको भेटघाट गर्नुहुने भएकाे छ ।

अध्यक्ष ओलीले बुधबार बिहान साढे ९ बजे दमक– ९ को चिया दोकानमा मतदातासँग भेटघाट गर्नुभएकाे हाे । पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीले अध्यक्ष ओली बुधबार मुख्यरूपमा गौरीगञ्जमा केन्द्रित हुने बताउनुभयाे। अध्यक्ष ओलीले गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदातालाई भेटघाट गर्नुहुने भएकाे छ ।

सचिव कार्कीले बुधबार बिहान ११ बजेदेखि शुरु हुने गौरीगञ्जको कार्यक्रम अपरान्ह ५ बजे सकिने बताउनुभयाे । यसबीचमा अध्यक्ष ओलीले गौरीगञ्ज– ५ को शैँय्या टोल, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर र नयाँ बजारका मतदातासँग भेटघाट-अन्तरक्रिया गर्नुहुने भएकाे छ । त्यस्तै, बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको हाे ।

सचिव कार्कीले गौरीगञ्ज– ३ मा बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलहरूमा मतदातासँग भेटघाट राखिएको बताउनुभयाे । यसअघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरेका अध्यक्ष ओलीले बुधबार पनि सोही क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिवद्धता जनाउनुहुने भएकाे छ ।