Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


नेपाली बजारमा आज सुनको मूल्य स्थिर


273
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ।

मंगलबार प्रतितोल एक हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य प्रतितोला बुधबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार चाँदी पाँच हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भएको थियाे । तर बुधबार चाँदी पाँच हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस पाँच हजार एक सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।