Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


नौबिसे-नागढुंगा सडक-खण्डको काम अन्तिम चरणमा पुग्याे

८५ प्रतिशत निर्माण कार्य सम्पन्न

1.2k
Shares

काठमाडाैं । धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ ।

नौबिसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाले हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको बताउनुभएकाे हाे। नौविसे नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२ दशमलव ५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्ने थियो । सोही बमोजिम आयोजनाले बढी काम सम्पन्न गरी सकेको छ । आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गनुपर्नेछ । अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम शुरु गरिने आयोजनाले जनाएको हाे । यहि फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुनसक्ने प्रमुख ओझाले बताउनुभयाे ।

आकाशे पुल निर्माण हुने खानीखोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाई भएको हाे । आकाशे पुल निर्माण लगायत मुख्य कामहरु ३५ दिनभित्र सक्ने आयोजनाको दावी छ । सडक निर्माण स्थानीय बासीन्दासँग जोडिएको विषय भएकाले सडक निर्माणको क्रममा एउटै विषयमा समाज विभक्त हुँदा निर्माणमा समस्या हुँदै आएको हाे ।
अकाशे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई सार्ने काम सकिएकाले पनि कामले गति लिने विश्वास आयोजनाले लिएको छ । सगुन कन्टक्सनका प्रवन्ध निर्देशक शहदेव खड्काले निर्वाचनका कारणले निर्माणमा केही ढिलाई हुने बताउनुभयाे ।

यसअघि सडकमा रहेका विद्युत पुोलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो । २०७९ सालदेखि निर्माण शुरु गरिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।