एजेन्सी । इरान चीनसँग सुपरसोनिक एन्टी–सिप क्रुज क्षेप्यास्त्र खरिद गर्ने सम्झौताको अन्तिम चरणमा पुगेको छ ।
समाचारसंस्था रोयटर्सले इरान चीनमा निर्मित सिएम ३ सय २ क्षेप्यास्त्र खरिदकाे बारेमा सहमति नजिक पुगेको जनाएको हाे ।करिब २ सय ९० किलोमिटर पर निसाना लगाउन सक्ने क्षमता भएको यो सुपरसोनिक क्षेप्यास्त्र समुद्री जहाजको प्रतिरक्षा प्रणालीमा छल्न सक्ने क्षमता छ । हतियार विज्ञका अनुसार यी क्षेप्यास्त्र तैनाथ भए इरानको समुद्री आक्रमण क्षमता उल्लेखनीय रूपमा बढ्नेछ र क्षेत्रीय रूपमा तैनाथ अमेरिकी नौसैनिक शक्तिका लागि ठूलो चुनौती बन्न सक्ने छ ।
साेही क्षेप्यास्त्र किन्ने वार्ता करिब २ वर्षअघि शुरु भए पनि गत जुनमा भएको १२ दिने इजरायल–इरान द्वन्द्वपछि तीव्र बनेको खबरमा उल्लेख छ । वार्ता अन्तिम चरणमा पुग्दा इरानका उपरक्षामन्त्री मसूद ओराइ लगायत उच्च सैन्य तथा सरकारी अधिकारीहरू चीन भ्रमणमा गएका सुरक्षा अधिकारीहरूले बताएका हुन् । चीनका परराष्ट्र तथा रक्षा मन्त्रालयले यसकाे बारेमा औपचारिक प्रतिक्रिया दिएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानलाई आणविक कार्यक्रमबारे सहमति नगरे कडा कदम चाल्ने चेतावनी दिँदै आउनुभएको छ । अमेरिकाले इरान नजिकै ठूलो नौसैनिक शक्ति तैनाथ गरिरहेको हाे ।
विश्लेषकहरूले यो सम्झौताले चीन–इरान सैन्य सम्बन्ध अझ सुदृढ भएको संकेत गर्दछ । पछिल्ला वर्षहरूमा चीन, इरान र रुसले संयुक्त नौसैनिक अभ्यास गर्दै आएका हुन् । यो सम्भावित सम्झौताले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच शक्ति सन्तुलनमा नयाँ आयाम थप्ने विश्लेषकहरूको तर्क छ







प्रतिक्रिया दिनुहोस्