काठमाडौं । भूमि व्यवस्था तथा अभिलेख विभागले ३ करोड रुपियाँभन्दा माथिको घरजग्गा कारोबार गर्नका लागि ३६ वटा रियल इस्टेट ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ ।
विभागका अनुसार १९७ कम्पनीले आवेदन दिएका थिए। प्रारम्भिक मूल्यांकनमा १०८ कम्पनी योग्य ठहरिएका थिए र ती कम्पनीलाई आवश्यक दस्तुर बुझाउन पत्राचार गरिएको थियो । हालसम्म ३६ कम्पनीले शुल्क बुझाएपछि लाइसेन्स प्राप्त गरेका छन् भने बाँकी योग्य कम्पनीलाई पनि दस्तुर बुझाएपछि क्रमशः लाइसेन्स वितरण गरिने मालपोत तथा भूमिसुधार शाखाका प्रमुख खिमानन्द आचार्यले जानकारी दिए ।
विभागले ३ करोडदेखि ५ करोड रुपियाँसम्मको कारोबार गर्नेका लागि ५ लाख रुपियाँ लाइसेन्स शुल्क र ५ करोड रुपियाँभन्दा माथिको कारोबार गर्नेका लागि १० लाख रुपियाँ लाइसेन्स शुल्क निर्धारण गरेको छ । गत भदौमा मालपोत नियमावलीको आठौँ संशोधनमार्फत ३ करोड रुपियाँभन्दा माथिको घरजग्गा कारोबारमा अनिवार्य लाइसेन्सको व्यवस्था गरिएको हो।
हालका लागि ६ महानगरपालिका (काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज) तथा ११ उपमहानगरपालिका (इटहरी, धरान, जनकपुर, कलैया, जीतपुर, घोराही, तुलसीपुर, हेटौंडा, धनगढी, नेपालगञ्ज र बुटवल) अन्तर्गतका २१ मालपोत कार्यालयमा यस्तो व्यवस्था लागू गरिएको छ । फागुन २५ गतेदेखि ती कार्यालयहरूमा ३ करोड वा सोभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्दा अनिवार्य रूपमा लाइसेन्सप्राप्त ब्रोकरमार्फत मात्रै कारोबार गर्नुपर्नेछ। भविष्यमा अन्य स्थानीय तहमा पनि व्यवस्था विस्तार गरिने विभागले जनाएकाे छ ।
लाइसेन्स प्राप्त कम्पनीहरूले कारोबार गर्दा गलत सूचना, नक्सा, मूल्य वा स्वामित्वसम्बन्धी झुटो विवरण पेश गरे कारबाही गरिनेछ। साथै, लाइसेन्स कार्यालयमा स्पष्ट देखिने गरी राख्नुपर्ने, कारोबारसम्बन्धी अभिलेख व्यवस्थित राख्नुपर्ने, प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र विभागमा विवरण पेश गर्नुपर्ने प्रावधान राखिएको छ । लाइसेन्स पाउने कम्पनीहरुमा
हिमालयन रियलटर्स प्रालि, कन्टिनेन्टल रियल इस्टेट प्रालि, एसके होम रियल स्टेट कम्पनी प्रालि, रुबी क्राउन प्रोपर्टिज प्रालि -नन्दी रियल इस्टेट प्रालि
-ई–गुराास प्रोपर्टी सोलुसन्स प्रालि
-जमिनदार रियल इस्टेट प्रालि
-तिलोत्तमा बिल्डर्स
-रियल इस्टेट एजेन्सी प्रालि
-बुस्पाइरप रियल इस्टेट प्रालि
-अशोक घर संसार नेपाल प्रालि
-पानस बिज सर्भ प्रालि
– लुम्बिनी रियल स्टेट एन्ड मल्टिपर्पोज
-कृष्णा डेभलपर्स प्रालि
-ज्ञान इको इन्नोभेसन इन्भेस्टमेन्ट नेपाल
-भूमिराज एस्टेट्स
– दले भाइ रियल इस्टेट प्रालि
-स्काई वल्र्ड रियल स्टेट सोलुसन प्रालि
-एम्पायर रियल स्टेट डेभलपमेन्ट प्रालि
-नेपाल ल्यान्ड ब्रोकर
-डीएन ग्रुप अफ कम्पनी प्रालि
-भोजपुर सिद्धकाली हाउजिङ प्रालि
-प्रुडेन्सियल डेभलपर्स प्रालि
– चार्टर्ड रियल इस्टेट प्रालि
– घरजग्गा सेवा प्रालि
-ओमोगा क्यापिटल एडभाइजर्स प्रालि
– ऋतम्भरा मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालि
-मेट्रो लिंक प्रोपर्टिज प्रालि
-विराट रियल स्टेट एन्ड हाउजिङ
-सम्पत्ति रियल इस्टेट प्रालि
-रियल इस्टेट सारथि
-प्रसिद्ध इन्भेस्टमेन्ट कम्पनी प्रालि
-एकर्स नेपाल स्टेट प्रालि
-मस्र्याङ्दी डेभलपमेन्ट एन्ड रिसर्च
-सेरेन इस्टेट्स प्रालि घरबारी सेवा रहेका छन् ।







प्रतिक्रिया दिनुहोस्