Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


ओखलढुंगामा हिमपात


208
Shares

शुभकला राई, ओखलढुंगा ।
ओखलढुंगाको ठाडे क्षेत्रमा बाक्लो असिना र हिउँ परेको छ ।

समुन्द्री सतहभन्दा २ हजार ४ सय मिटरमाथिको उक्त क्षेत्रमा आज दिउँसोबाट असिना र हिउँ परेको हो ।

सुरुमा असिना पानी परेको उक्त क्षेत्रमा पछि हिमपात समेत भएको सिद्धिचरण नगरपालिका ६ जन्तरखानीका वडाध्यक्ष मेखबहादुर मगरले जानकारी दिनुभयो ।

हिमपात भएपछि ओखलढुंगा हुँदै सोलुखुम्बु जिल्ला प्रवेश गर्ने सवारी साधन प्रभावित भएका छन् । यसवर्षको हिउँदमा पहिलोपटक असिना र हिमपात भएको हो । यहाँका किसान बाक्लो असिना र हिमपात भएपछि खुसी भएका छन् ।

असिना र हिमपातको चिस्यानले बुङ आलुलगायतका हिउँदे बालीलाई फाइदा पुग्ने र उत्पादन बढ्ने किसानहरुको भनाइ छ । जिल्लाका लेकाली क्षेत्रका अन्य ठाउँ र तल्लो क्षेत्रका केही स्थानमा भने हल्का वर्षा भएको छ ।