काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। निर्वाचनको दिनलाई व्यवस्थित, शान्तिपूर्ण र व्यापक सहभागितामूलक बनाउनका लागि यस्तो निर्णय गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।
निर्वाचन आयोगको तयारी, सुरक्षा निकायको परिचालन, मतपेटिका ढुवानी तथा मतदाताको सहज सहभागितालाई ध्यानमा राख्दै तीन दिन बिदा दिने निर्णय गरिएको जनाइएको छ।
फागुन २१ गते देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने जनाएको छ।







प्रतिक्रिया दिनुहोस्