काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशैभरीका उद्योगी/व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पूँजी भएको कम्पनी खडा गरेकाे बताउनुभएकाे छ।
काठमाडाैंमा मंगलबार भएको एक कार्यक्रममा बाल्दै उहाँले १० अर्ब बराबरको पूँजी भएको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी)कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताउनुभएको हाे। उद्योगी, व्यवसायी, गैरआवसिय नेपाली संघ (एनआरएन) सहितको सहभागितमा १० अर्ब एनडीपी कम्पनी संचालनमा ल्याइएको उहाँकाे दावी छ। उहाँले उक्त कम्पनीबाट ७७ जिल्लाका रहेको उद्यमी, नवप्रवर्तकहरुले पूँजी लिनसक्ने बताउनुभएको छ । उहाँले नवप्रवर्तनलाई प्रवद्र्धन गर्नकै लागि कम्पनी सञ्चालनमा ल्याइएको बताउँदै यसबाट देशमा उद्योग व्यवसाय फस्टाउन सघाउ पुग्ने समेत बताउनुभयाे ।
अध्यक्ष ढकालले आफ्नो कार्यकालमा वषैँदेखिको डेडिकेटर लाइनको भुक्तानीका बारेमा चरम समस्या आएको र यसको दीर्घकालिन समस्या समाधानका लागि महासंघले अर्धन्यायिक आयोग गठन गर्न पहल गरेको बताउनुभयो । लाल आयोग गठन भएर त्यसको प्रतिवेदन कार्यान्वयनमा आउन नसकेको भन्र्दै त्यो कार्यान्वयनमा ल्याउन आग्रह समेत गर्नुभएकाे छ।







प्रतिक्रिया दिनुहोस्