Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


नेपाली बजारमा आज पनि सुनको मूल्य बढ्याे


416
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ ।

सोमबार प्रतितोल तीन हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य प्रतितोला मंगलबार एक हजार तीन सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँ पुगेको जनाएकाे छ।सोमबार सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलामा पाँच हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भइरहेको हाे। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको महासंघले जनाएकाे छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस पाँच हजार एक सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको महाुसंघले जनाएकाे हाे ।