Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


कप्तान साम्बाको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा


1.2k
Shares

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने भएको छ ।

महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले साेमबार सहयोगको अपिल गरे लगत्तै केएमसीले यस्तो घोषणा गरेको हो । कतारको अस्पेटार अस्पतालमा गरिएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसिएलमा गम्भीर समस्या देखिएपछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ । सोमबार मात्रै उनले सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोगको याचना गरेकी थिइन् ।

साम्बाको उक्त अपिल सार्वजनिक भएपछि केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले यदि साम्बा नेपालमै उपचार गर्न तयार भए अस्पतालले सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाउनुभयो । केएमसीले आफूसँग उत्कृष्ट र अत्याधुनिक उपकरण तथा दक्ष जनशक्ति रहेको भन्दै गुणस्तरीय उपचार सेवा प्रदान गर्न सक्षम रहेको दावी समेत गरेको छ ।