Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


कप्तान ‘साम्बा’ को उपचारका लागि कतार फुटबल संघलाई पत्राचार गरेका छाैं: एन्फा (विज्ञप्तिसहित)


715
Shares

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कतार फुटबल संघलाई पत्राचार गरेको बताएको छ ।

यसअघि साम्बाले आफ्नो उपचारमा सहयोग नपाएको बताएपछि एन्फाले एक प्रेस विज्ञप्ति निकालेर पत्राचारकाे बारेमा जानकारी गराएको हो । साथै साम्बाको आग्रह अनुसार परराष्ट्र मन्त्रालयमार्फत उपचार सम्बन्धी आवश्यक समन्वयका लागि पत्राचार गरिसकेको एन्फाको जिकिर छ । साेमबार कप्तान साम्बाले एन्फा र सरकारबाट उपचारका लागि सहयोग नपाएको भन्दै सामाजिक सञ्जालमार्फत सहयोगको अपील गरेकी थिइन् ।

अस्ट्रेलियन ए लिग फुटबल खेल्ने क्रममा डेढ महिना अघि कप्तान साम्बाको घुँडामा चोट लागेको थियो । वेलिङ्गटन फिनिक्समा आबद्ध उनी ब्रिस्बेन रोअरसँगको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किन पुगेकी थिइन् ।