Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


राष्ट्रिय लिग फुटबलमा जावलाखेल र प्लानिङ ब्वाइज विजयी

नेपाल पुलिस र संकटा एफसी भने पराजित

195
Shares

काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा साेमबार भएका खेलमा जावलाखेल युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा साेमबार भएको पहिलो खेलमा जावलाखेलले नेपाल पुलिस क्लबलाई ३–० गोलले पराजित गरेकाे हाे। जावलाखेलका निकालेस ह्यामिल्टन, युवराज ढकाल र विकास दर्लामी मगरले गोल गरेका थिए। यो जितसँगै जावलाखेल ६ खेलमा ९ अंकसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ । पुलिस ६ खेलमा ४ अंकसहित १४औं स्थानमा रहेकाे हाे ।

त्यस्तै, एम्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा प्लानिङ ब्वाइजले संकटा एफसीलाई ४–० गोल अन्तरले पराजित गरेकाे छ। प्लानिङ ब्वाइजका पापा इबोउ केबेले ह्याट्रिक र श्याम मुर्मुले १ गोल गरेका थिए । यो जितसँगै प्लानिङ ब्वाइज ७ खेलमा १६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । संकटा ७ खेलमा ६ अंकसहित १०औं स्थानमा रहेकाे हाे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी रहेका छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका हुन् ।