Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


अमेरिकामा भीषण हिमपात, जनजीवन प्रभावित


0
Shares

एजेन्सी ।
अमेरिकामा भीषणा हिमपातका कारण पाँच हजार बढी उडान रद्द भएका छन् ।

नर्थ क्यारोलाइनादेखि नर्थन मेनसम्म हिमपातले प्रभावित हुँदा उडानहरु रद्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पूर्वी शहर न्युयोर्कमा १५ ईञ्चसम्म हिउँ जम्दा कतिपय स्थानमा दुई फिटसम्म हिउँ जमेको छ ।

पछिल्लो एक दशकमा न्युयोर्क शहरमा पहिलो पटक हिमपातबाट हुनसक्ने असरबाट बच्न चेतावनी जारी गरिएको छ । न्युयोर्कको प्रसिद्ध एम्पायस स्टेट विल्डिङ नामक टावर समेत हिउँले सेताम्मे भएको छ ।

हिमपातका कारण लाखौं घरहरुमा विजुली अवरुद्ध भएको छ । न्युजर्सीमा मात्रै सवा लाख घरमा विजुली अवरुद्ध भएको छ भने म्यासाच्युसेट र डेलावरसम्म हजारौं घरहरुमा विजुली अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।

Skip This