Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


कप्तान सावित्रा भण्डारीद्वारा उपचारका लागि आर्थिक सहयोग अपिल


1.8k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले जटिल शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने जानकारी दिएकी छन्।यसअघि एसीएल शल्यक्रिया गरिएको घुँडामा हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेकाले पुनः जटिल शल्यक्रिया आवश्यक भएको उनले बताइन्।

उनले उपचारका लागि एन्फा र सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेकी छन्। एन्फा नेतृत्वबाट वाचा गरिएको सहयोग पनि प्राप्त नभएकाले शल्यक्रिया प्रक्रिया ढिलाइ हुने बताएकी छन् । घुँडाको एसीएल र एमसीएलमा गम्भीर चोट लागेपछि अस्ट्रेलियन शीर्ष डिभिजन लिग खेल्न न्युजिल्यान्ड गएकी सावित्रा गत सात हप्तादेखि मैदानबाहिर छिन् । 

Skip This