Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


रौतहटमा कर्फ्यू आदेश हट्याे


117
Shares

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय रौतहटले जारी कर्फ्यू आदेश हटाएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार साेमबार बिहान १० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक जारि सूचनामा यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गौर नगरपालिकाको तोकिएको क्षेत्रमा जारी कर्फ्यू आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार हटाइएको उल्लेख गर्नुभएकाे छ ।

यहि फागुन ७ गते दुई समुदायबीच झडप भएपछि रौतहट तनावग्रस्त बनेको थियो । प्रशासनले पछिल्लो सुरक्षा मूल्यांकनपछि अवस्था सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै कर्फ्यू हटाइएको जनाएको छ।

Skip This