काठमडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यमा उकालाे यात्रा कायमै रहेकाे छ।
आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ र सोमबार तीन हजार दुई सय गरी यो दुई दिनमा सुनको मूल्य प्रतितोला आठ हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय रूपैयाँ पुगेको जनाएकाे छ। आइतबार सुन प्रतितोला तीन लाख १० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आइतबार तोलामा पाँच हजार चार सय २५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी सोमबार भने पाँच हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस पाँच हजार एक सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्