Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


रूसले तेस्रो विश्वयुद्ध शुरू गरिसक्याे, अब आफू नझुक्ने: राष्ट्रपति जेलेन्स्की


2.4k
Shares

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा कुनै पनि हालतमा नझुक्ने र युक्रेन विजयी भएरै छाेड्ने दृढ संकल्प गर्नुभएकाे छ।

राजधानी कीभस्थित सरकारी मुख्यालयमा भएको बीबीसीसँगको कुराकानीमा उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको युद्धविरामको सर्तलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएकाे हाे । राष्ट्रपति पुटिनले हजारौं सैनिकको बलिदान दिएर पनि कब्जा गर्न नसकेका रणनीतिक क्षेत्रहरूबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने माग राख्नुभएकाे थियाे । जसलाई राष्ट्रपति जेलेन्स्कीले आफ्नै जनता र भूमिलाई अलपत्र छाेड्ने आत्मघाती कदमको रूपमा व्याख्या गर्नुभएकाे छ। राष्ट्रपति पुटिनले विश्वमा आफू अनुकूलको जीवनशैली थोपर्न खोज्दै तेस्रो विश्वयुद्धको शुरुवात गरिसकेका राष्ट्रपति जेलेन्स्कीकाे जिकिर थियाे ।

रुसले डोनेत्स्क, खेरसन र जापोरेजियाका महत्त्वपूर्ण सहरहरू बुझाउनुपर्ने माग राखे पनि राष्ट्रपति जेलेन्स्कीले ती क्षेत्रहरू किल्लाु भएको र त्यहाँका लाखौं जनतालाई रुसी क्रूरताको भरमा छाेड्न नसकिने प्रस्ट पार्नुभएकाे छ। युद्धविरामले पुटिनलाई केही समयका लागि सन्तुष्ट पारे पनि त्यो केवल सैन्य शक्ति पुनर्गठन गर्ने मौका मात्र हुने उहाँकाे तर्क थियाे । २-३ वर्षभित्रै रुसले पुनः अर्को भीषण आक्रमण गर्ने राष्ट्रपति जेलेन्स्कीको दावी छ।

राष्ट्रपति पुटिनलाई रोक्ने एक मात्र विकल्प तीव्र सैन्य र आर्थिक दबाब सिर्जना गर्नु नै रहेको राष्ट्रपति जेलेन्स्कीकाे भनाइ थियाे ।

Skip This