काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्नुभएकाे छ।
पराजुली रास्वपा परित्याग गरेसँगै नेपाली कांग्रेस प्रवेश गर्नुभएकाे हाे । रास्वपा मकवानपुरको संस्थापक सभापति समेत रहनुभएका पराजुलीलाई कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट पार्टीमा स्वागत गरेको कांग्रेसले जनाएकाे छ। पराजुलीसँगै रास्वपाका मकवानपुर-२ का चुनावी संयोजक निराजन बर्तौला कांग्रेसमै प्रवेश गर्नुभएकाे हाे।
गत २०७९ सालको निर्वाचनमा रास्वपाबाट मकवानपुर-२ मा उम्मेदवार बनेका बर्तौला १२ हजार ५९ मतसहित तेस्रो हुनुभएकाे थियाे। रास्वपा परित्याग गरेका पराजुलीले वर्तमान नेतृत्वले रास्वपाले स्थापना कालमा ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभाव भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता लत्त्याएको आरोप लगाउनुभएकाे छ । यसले निर्वाचनकाे मुखमा रास्वपालाई धक्का भएकाे छ ।








प्रतिक्रिया दिनुहोस्