काठमाडाैं । आईसीसी टी-२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ७६ रनको फराकिलाे अन्तरले पराजित गर्दै सानदार जित हासिल गरेकाे छ।
हभारतको अहमदाबादमा आइतबार राति सम्पन्न भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर ५ बलमा १११ रनमै अलआउट भएकाे हाे । भारतका लागि शिवम दुबेले ४२ रन जोडेका थिए । बलिङमा दक्षिण अफ्रिकाका मार्को यान्सेनले ४ विकेट लिए भने केशव महाराजको नाममा ३ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डेभिड मिलरले ३५ बलमा ६३ रन र डेवाल्ड ब्रेभिसले ४५ रन जोडेका थिए । बलिङतर्फ भारतका जसप्रित बुमराहले ३ विकेट तथा अर्शदीप सिंहले २ विकेट लिएका हुन्।
बलिङमा श्रीलंकाका दुनिथ वेलालागेले ३ विकेट लिएका थिए । विश्वकपमा साेमबार बेलुकी सवा ७ बजेदेखि मुम्बईको वानखेड़े स्टेडियममा सुपर–८ अन्तर्गत जिम्बाब्वे र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुने भएकाे छ ।








प्रतिक्रिया दिनुहोस्