काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा अहिले इंग्ल्याण्डले श्रीलंकालाई ५१ रनले पराजित गरेकाे छ।
श्रीलंकाको पल्लेकेलेमा आइतबार राति भएकाे खेलमा इंग्ल्याण्ड दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलका १६ ओभर ४ बलमा ९५ रन बनाउँदै अलआउट भएकाे हाे । त्यसअघि इंग्ल्याण्डले ९ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।
‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका हुन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आगामी मार्च ८ तारिखमा हुने भएकाे हाे ।








प्रतिक्रिया दिनुहोस्