Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


राउटेलाई लागेन चुनाव


0
Shares

काठमाडौं ।
नेपालको लोपुन्मुख राउटे जातिको वस्तीमा चुनावको चहलपहल छैन ।

नेपालको एक मात्र लोपोन्मुख राउटे समुदाय अझै नागरिकताविहीन छन् । नागरिकता नभएका कारण उनीहरुले मताधिकार पनि पाएका छैनन ।

सुर्खेतको लेकवेशी नगरपालिका–७ लमनास्थित खेल मैदान छेउको जंगलमा राउटे समुदायको बस्ती छ । नजिकै मदन भण्डारी राजमार्गमा गुड्ने चुनावप्रचार गरिरहेका सवारी साधनले यो वस्तीमा पस्दैनन । जसले गर्दा चुनावमा कुनै पनि दलका उम्मेदवारहरू उनीहरूसम्म पुगेका छैनन् । राउटे बस्तीको हाल जनसंख्या १ सय ३४ छ ।

तीमध्ये ७३ जना मत हाल्ने उमेर पुगेका छन् । तर नागरिकता अभावका कारण उनीहरू निर्वाचन प्रक्रियाबाट बाहिर छन् ।

Skip This