Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


काठमाडौंमा एसजे मोटो र हिमालयन जाभाको नयाँ शाखा सञ्चालन


273
Shares

काठमाडौँ ।
पोखरामा सञ्चालन भइरहेको एसजे मोटो र हिमालयन जाभाले काठमाडौंमा आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएकाे छ ।

सन् २०२१ मा स्थापना भएको यस शाखालाई पूर्ण रूपमा सञ्चानल गर्दै अझै आकर्षक र फराकिलो सिटिङ क्षमतासहित दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा ल्याएकाे हाे ।

काठमाडौँ शाखामा मोटरसाइकल प्रेमी र कफी पारखीहरूलाई एउटै छानामुनि ल्याउने उद्देश्यले सञ्चालनमा ल्याएकाे हाे । आरामदायी वातावरण, समुदाय भावना र आपसी जोडलाई प्राथमिकतामा राख्दै यस स्थानलाई केवल क्याफे मात्र नभई ‘लाइफस्टाइल डेस्टिनेसन’का रूपमा विकास गरिएको बताइएको छ।

एसजे मोटोका संस्थापक सौरभ ज्योतिले पोखराको पहिलो संयुक्त शाखामा बाइक र कफीप्रेमी बढ्दै गएको उल्लेख गर्नुभयाे ।

यात्रामा निस्कनुअघि ऊर्जा लिन, साथीभाइ वा अन्य राइडरसँग भेटघाट गर्न कफीको आनन्द लिन चाहनेहरूका लागि यो नयाँ अपग्रेड गरिएको एसजे मोटो–हिमालयन जाभा शाखा आकर्षक गन्तव्य बन्ने विश्वास लिइएको छ। काठमाडौँस्थित उक्त शाखा सर्वसाधारणका लागि खुला भइसकेको छ।

Skip This