Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


काठमाडौं–७ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार दिपीन पन्तको घरदैलो तीव्र


91
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर–७ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका उम्मेदवार दिपीन पन्तले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।

“सुशासन, समृद्धि, स्वाभिमान र पहिचान अधिकारको निम्ति” भन्ने नारासहित पन्त घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै क्षेत्रका मुख्य समस्या, विकासका आवश्यकता तथा युवाहरूको रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको सुधारका विषयमा छलफल गरेका थिए । उनले भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन प्रणाली र पहिचान अधिकारको सुनिश्चितताका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

उक्त कार्यक्रममा स्थानीय समर्थक तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले चुनाव चिह्न “जाँतो” मा मतदान गरी परिवर्तनका पक्षमा उभिन आग्रह गरेका छन्। घरदैलो कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन हुने उम्मेदवार पन्तको सचिवालयले जनाएको छ।

Skip This