Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


अमेरिकामा विमानकाे इन्जिन फेल हुँदा श्रेयाले गराइन् सुरक्षित अवतरण


2.8k
Shares

फ्लोरिडा । अमेरिकामा कार्यरत नेपाली प्रमुख प्रशिक्षक पाइलट श्रेया वर्माले आपत्कालीन अवस्थालाई असाधारण धैर्य र दक्षतासहित विमान रनवेमा सुरक्षित अवतरण गराएकी छन् ।

रातिको प्रशिक्षण उडानका क्रममा उनका विद्यार्थीले टेकअफ गरेलगत्तै करिब ४०० फिट उचाइमा पुग्दा अचानक विमानको इन्जिन बन्द भएको थियो। श्रेयाले तत्कालै विमानको नियन्त्रण आफ्नै हातमा लिएर सुरक्षित अवतरण गराएकी हुन् । उनले सोही रनवेमा सुरक्षित अवतरण गराउँदै ठूलो दुर्घटना हुनबाट जाेगाइन् ।

सामान्यतया यति कम उचाइमा इन्जिन फेल भएमा सिधै अगाडि देखिएको सुरक्षित स्थान रोजेर अवतरण गरिन्छ । रनवेमा फर्केर १८० डिग्री मोड्दै अवतरण गर्ने प्रयासलाई अमेरिकाको उड्डयन निकाय ले “इम्पसिबल टर्न” अर्थात् अत्यन्त जोखिमपूर्ण रहेकाे बताएकाे छ ।

यो घटनाले उनको व्यावसायिक दक्षता, धैर्य, नेतृत्व क्षमता र संकट व्यवस्थापनलाई उजागर गरेको छ। अमेरिकामा नेपाली पाइलट समुदायका लागि मात्र होइन, सम्पूर्ण नेपाली समुदायका लागि पनि यो घटना गर्वको विषय बनेको छ।

स्रोत: पाइलट अमिश थापा






Skip This