Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


रास्वपा उमेदवारलाई सहकारी पीडितले दिए विद्यालयको बिल


1.6k
Shares

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको आरोप लगाउँदै सहकारी पिडीतले पोखरामा रास्वपा उमेदवारलाई विद्यालयको विल बुझाएका छन् ।

पोखरामा शनिबार आयोजित उम्मेद्वारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार बिना गुरुङलाई आफ्नो छोराको विद्यालयको बिल थमाउनु भएको हो ।

आफ्नो बचत हिनामिना हुँदा विद्यालयको विल तिर्न नसकेको भन्दै उहाँले रास्वपा उम्मेदवारलाई बिल बुझाएको जिकिर गर्नुभयो । जैसीले रास्वपा उमेदवार गुरुङ्गलाई विद्यालयको ८० हजार रुपैयाँको बिल दिनुभएको थियो ।

आफ्नो छोराले वार्षिक परीक्षा नै दिन नपाउने अवस्था रहेको जैसीको दावी थियो । उम्मेदवार गुरुङले भने पार्टी सभापति रवि लामिछानेलाई उक्त बिल बुझाउने प्रतिबद्धता जनाउनुभएको थियो ।