Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


खाता खोल्न उम्मेदवारका अटेरी


156
Shares

काठमाडाैं ।
निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न निर्वाचनका उम्मेदवारलाई ताकेता गरेको छ ।

हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धि सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले खाता खोल्न बाँकि रहेका उम्मेदवारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।

सार्वजनिक विदाका कारण पनि खाता खोल्न उम्मेदवारहरुलाई असहज हुनसक्ने देखिएको भन्दै आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले यसमा ढिलो नगर्न सचेत गराउनुभयो ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारहरुले छुट्टै बैक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।