काठमाडाैं । मुलुकको समसामयिक विषय तथा समग्र शान्ति सुरक्षा र निर्वाचन सम्बन्धी विषयवस्तुमा केन्द्रित रहि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।
केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको छ ।
बैठकमा विशेषगरी मधेश–तराईमा देखिएको जातीय, धार्मिक, र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । उपयुक्त विषयमा छलफल भई आवश्यक निर्णय हुने जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्