Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप


4.2k
Shares

काठमाडाैं । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका ४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताबीच झडप भएकाे छ ।

सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहाको चुनावी कार्यक्रममा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गएका थिए । बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवाहरूसँग जम्काभेटपछि विवाद बढेर हात हालाहाल भएको थियो । परिस्थिति असामान्य हुन लागेपछि प्रहरीले दुवै पक्षका कार्यकर्तालाई तितरवितर बनाउन लाठीजार्च गरेको प्रहरीले जनाएको छ ।

कांग्रेसको भ्रातृसंगठन तरुण दलका कार्यकता र रास्वपाका कार्यकतामाथि जाइलागेपछि निर्वाचन सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गर्नुपरेको प्रहरीले जनाएकाे छ ।