Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


मतदानस्थलमा सीसी क्यामेरा जडान गर्ने


1.3k
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाका १६७ मतदानस्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ ।

प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले मतदानस्थलमा सीसी क्यामेरा जडान गरी निरन्तर निगरानी गरिने जानकारी दिए ।

कार्यालयले फागुन १७ गतेसम्म सबै मतदानस्थललाई सीसी क्यामेरा प्रणालीसँग जोड्ने तयारी गरिएको बताइएको छ । बस्नेतका अनुसार सीसी क्यामेरा जडानपछि मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउन सहयोग पुग्नेछ ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायसँग समन्वयात्मककार्यलाई प्राथमिकतामा राखिएको र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला तथा आमनागरिकलाई सहयोगका लागि आग्रह गरिएको छ ।