Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


ऐतिहासिक धरहराको सञ्चालन तथा व्यवस्थापनकाे जिम्मेवारी काठमाडौं महानगरले लिने


455
Shares

काठमाडौं। ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ ।

काठमाडौंमा शुक्रबार संघीय सरकार र महानगरपालिकाबीच भएको छलफलले धरहराको हस्तान्तरण तथा सञ्चालन र व्यवस्थापन प्रक्रियाको अध्ययन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिनको लागि आवश्यक अध्ययन गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले धरहराको पार्किङ र सञ्चालनको ठेक्का लिएको निजी कम्पनीलाई कुनैपनि असर नपर्नेगरी अध्ययन गरेर निष्कर्ष निकाल्ने र सोहीअनुसार अघि बढ्ने निर्णय भएको बताउनुभएकाे छ । धरहराको बेसमेन्ट पार्किङको व्यवस्थापन समेत काठमाडौं महानगरपालिकालाई दिने निर्णय छलफलले गरेको छ । महानगरपालिकाले न्युरोड क्षेत्रलाई नो पार्किङ जोन घोषणा गरी कार्यान्वयन गरिरहेको अवस्थामा धरहरामा निःशुल्क पार्किङको सुविधा गर्ने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ ।

धरहराको व्यवस्थापन र हस्तान्तरण काठमाडौं महानगरपालिकालाई दिइए महानगरको आन्तरिक राजश्व बढ्ने कार्यवाहक प्रमुख डंगोले विश्वास व्यक्त गर्नुभयो ।