Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


आईसीसी टी-२० विश्वकपमा आज अस्ट्रेलिया र ओमानबीच प्रतिस्पर्धा हुँदै


598
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा अन्तिम खेल हुने भएकाे छ ।

समूह चरण अन्तर्गत अन्तिम खेलमा समूह ‘बी’बाट बाहिरिसकेका विश्व विजेता अस्ट्रेलिया र ओमानबीच प्रतिस्पर्धा हुने भएकाे हाे । श्रीलंकाको पालिखेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अस्ट्रेलियाबीचको खेल शुक्रबार बेलुका सवा ७ बजेदेखि शुरु हुने भएकाे छ। समूह चरणका दुई खेल गुमाएको अस्ट्रेलिया र तीन खेल गुमाएको ओमानको खेल प्रतिष्ठाको लडाइँका रुपमा रहेकाे छ ।

विश्वकपमा आयरलाइन्डलाई ६७ रनले पराजित गर्दै विजयी शुरुवात गरेको अस्ट्रेलियाले त्यसपछि जिम्बाब्वेसँग २३ रन र श्रीलंकासँग ८ विकेटको हारको सामना गरेको छ । समूह चरणबाटै बाहिरिनु अस्ट्रेलियाका लागि यो विश्वकप दुःखद् बनेको छ ।

ओमानले भने अहिलेसम्म खाता खोल्न सकेको छैन । पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको ओमान दोस्रो खेलमा श्रीलंकासँग १ सय ५ रन र तेस्रो खेलमा आयरलाइन्डसँग ९६ रनले चुकेको हो । समूह चरणको यो अन्तिम खेल हो ।