एजेन्सी । जापानमा गत जनवरी महिनामा ४ वर्षपछि पहिलो पटक विदेशी पर्यटकहरूको संख्या घटेको छ ।
जापान राष्ट्रिय पर्यटन संगठनले जनवरीमा जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ४ दशमलव ९ प्रतिशतले घटेर करिब ३६ लाख पुगेको छ जनाउकाे हाे। यो सन् २०२२ जनवरीपछि पहिलो पटक वार्षिक आधारमा घटेको हो । यो गिरावटको मुख्य कारण चीनबाट आउने पर्यटकहरूको संख्या ६० दशमलव ७ प्रतिशतले तीब्र रूपमा घट्नु हो ।
चीनबाट जनवरीमा मात्रै ३ लाख ८५ हजार ३ सय जना पर्यटक आएका थिए । यो लगातार दोस्रो महिना हो । जसमा चीनबाट पर्यटक घटेका छन् । चीन सरकारले आफ्ना नागरिकहरूलाई जापान भ्रमण नगर्न आग्रह गरेको छ । जसको पछाडि जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानबारे गरेको टिप्पणी ताइवानमा चीनको आक्रमणलाई जापानको अस्तित्वसँग जोडेर हेर्नु हाे ।
जसका कारण पछिल्लाे समय दुवै देशबीचको सम्बन्ध केही चिस्सिएकाे छ ।






प्रतिक्रिया दिनुहोस्