Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानको शानदार जित

क्यानाडा भने ८२ रनको फराकिलो अन्तरले पराजित

494
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेमा समूह ‘डी’ को खेलमा अफगानिस्तानले क्यानाडालाई ८२ रनरनको फराकिलो अन्तरले पराजित गरेको छ ।

भारतको चेन्नईमा बिहीबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ यस रन बनाएको हो । अफगानिस्तानका ओपनर रहमानुल्लाह गुरबाजले २० बलमा ३० रन बनाए भने इब्राहिम जाद्रानले उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा अविजित ९५ रन प्रहार गरेका थिए। उनले ७ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए । २ सय १ रनको लक्ष्य पछ्याएको क्यानाडा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १८ रनमै सीमित भयो ।

त्यसअघि बिहीबारै भएको दोस्रो खेलमा जिम्बाब्वेले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै, पहिलो खेलमा वेस्ट इन्डिजले इटालीलाई ४२ रनको रनको फराकिलो अन्तरलेले पराजित गरेको हो । ‘सुपर एट’ मा पुगिसकेको वेस्ट इन्डिज लगातार चार खेलमा जितेर समूह ‘सी’ को शीर्ष स्थान कायम राख्न सफल भयो । विश्वकपमा ‘सुपर एट’ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ ।

समूह ‘ए’ बाट भारत र पाकिस्तान, समूह ‘बी’ बाट श्रीलङ्का र जिम्बाब्वे, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्गल्यान्ड तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड ‘सुपर–एट’ मा पुगेका छन् । ‘सुपर एट’ का खेलहरु शनिबारदेखि शुरू हुने भएका छन् । ‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहने भएका हुन् ।

‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएका छन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आगामी मार्च ८ मा हुने भएको हो । विश्वकपमा शुक्रबार बेलुकी सवा ७ बजे श्रीलंकाको पल्लेकेले मैदानमा ओमान र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ।