काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
शुक्रबार बिहान कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको हाे। साथै बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।
त्यस्तै, शुक्रबार दिउँसो भने देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको हाे । तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने भएकाे छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।
त्यस्तै, शुक्रबार राति भने कोशी, बागमती प्रदेश र बाँकी हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे। मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागका केही स्थानहरूमा भने तुँवालो रहने छ । कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हाे।






प्रतिक्रिया दिनुहोस्