काठमाडाैं । सर्लाहीमा पेस्ताेल पड्किँदा एक बालक घाइते भएका छन् । आज दिउँसो मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् ।
निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाश रामले खोलेर चलाउने क्रममा पड्किएकाे प्रहरीले जनाएकाे छ । नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
गोली उनको दाहिने हातको पन्जामा लागेको छ। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । चिकित्सकका अनुसार उनको अवस्था मध्यम छ । प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ ।






प्रतिक्रिया दिनुहोस्