Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


‘भदौ २३ को घटना संविधान र व्यवस्थामाथिको धावा हो’: केपी शर्मा ओली


143
Shares

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, व्यवस्था र सार्वभौमसत्ता विरुद्धको योजनावद्ध आक्रमण भएको बताउनुभएको छ ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले देश हाल विवेक र आवेगको दोबाटोमा उभिएको चर्चा गर्दै भत्काउने र बनाउने दुई सोच बीच द्वन्द्व भइरहेको उल्लेख गर्नुभयो । उहाँले भदौ २३ को प्रदर्शनमा घुसपैठ भएको र शान्तिपूर्ण रूपमा घर फर्कन लागेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलिएको आरोप लगाउनुभयो ।

राजनीतिक अस्थिरतालाई देश विकासको मुख्य बाधकका रूपमा चित्रण गर्दै ओलीले ठूला दलहरू मिल्नु संकटको कारण नभई अस्थिरता रोक्ने प्रयास भएको स्पष्ट पार्नुभयो । उहाँले संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकबाट प्रणालीमाथि नै प्रहार गर्ने उद्देश्यले ती घटनाहरू गराइएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गत भदौ २३ २४ को विध्वंश पछि फेरि अनिश्चयको तुवाँलो अझ बाक्लो गरी फैलियो । लामो संघर्षको उपलब्धि संविधान र समग्र व्यवस्था माथि धावा बोलियो । स्वाधीनता र स्वाभिमान माथि आक्रमण गरियो । आज देश यस्तो दोबाटोमा उभिएको छ जहाँ एकातिर रिस, आवेग र आक्रोश छ, अर्कोतिर विवेक र जिम्मेवारी छ । भत्काउने र बनाउने दुई सोच बीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ । उपस्थित मित्रहरु, निर्वाचनको केही साता अघि हाम्रा प्रतिबद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ सिंगो समाज प्रश्नै प्रश्नहरुको घेरामा छ । जसरी आम मतदाताको हामीसहित स्थापित राजनीतिक दल र नेताहरुप्रति प्रश्न छ, त्यसै गरी मेरा पनि केही प्रश्नहरु छन् ।

पहिलो, भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रँदै थियोरु कि देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो ? दोस्रो, भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ ग¥यो ? शान्तिपूर्ण कार्यक्रम सकियो भन्दै घर फर्कन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो ? तेस्रो, भदौ २३ र २४ का घटनाहरु स्वतःस्फूर्त थिए कि योजनाबद्ध रु निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्ष्य बनाइयो ? आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मी माथि किन आक्रमण गरियो ? चौथो, सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा जेन–जी प्रदर्शनकारीका कुनै माग थिएनन् । हुँदै नभएको माग पूरा गरे झैं प्रणाली माथि नै धावा बोल्ने गरी प्रतिनिधि सभाको विघटन किन गरियोरु यी र यस्तै अरु प्रश्नहरु निर्वाचनमा आफ्ना आन्तरिक कमजोरी लुकाउन बनाइएको विदेशी षड्यन्त्रको सिद्धान्त (कन्सपिरेसी थ्योरी) होइन । संविधान, व्यवस्था र हाम्रो सार्वभौम सत्ताको रक्षा गर्न हामीले यसको जवाफ खोज्नै पर्छ ।’

अध्यक्ष ओलीले एमालेसँग मात्र विकास, सुशासन र निर्माणको स्पष्ट ट्रयाक रेकर्ड रहेको दाबी गर्दै ध्वस्त भएका संरचनाको पुनः निर्माण र जनताको खस्किएको मनोबल उकास्ने जिम्मेवारी अब एमालेको काँधमा रहेको जिकिर गर्नुभयो ।