काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताउनुभएको छ ।
बुधवार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । वरिष्ठ नेता साहले आफूहरु भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको जिकिर समेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन समेत दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट नदिएपनि कामको लिष्ट दिए हुने वरिष्ठ नेता साहको भनाई थियो । सो पार्टीका प्रधानमन्त्रीका उम्मेदवार समेत रहनुभएका साहले आँखाबाट चश्मा खोल्दै आफ्नो आँखा नभई काम हेर्न पनि सबैलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘तपाईहरुलाई यहाँ आएर भेट्न पाइयो । धेरै खुशी लाग्यो । म धेरै बोल्ने मान्छे होइन ।. राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग भोट माग्न आएको होइन, काम माग्न हो । काम दिनुस् है । तपाईंहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो । के के काम छ, हाम्रा उम्मेदवारहरुलाई हाम्रा पार्टीका मान्छेहरुलाई हाम्रो काम यो हो भनेर लिष्ट दिनु । भोट नदिएपनि हुन्छ बरु, कामको लिष्ट दिनू । काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । आँखा हेर्नु पर्दैन काम हेरे हुन्छ, हामी काम गरेर देखाउँछौँ ।’
वरिष्ठ नेता साहले गरिबको पक्षमा आफूहरुले काम गर्ने समेत बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्