Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


शिवरात्रिको दिन पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ


299
Shares

काठमाडाैं । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् ।

मकवानपुर स्थायी घर भई हाल काठमाडौं बस्दै आएका रिजन श्रेष्ठ बुधबार पक्राउ परेका हुन् ।

उनले गाँजा सेवन गरी युवतीलाई जिस्काएको र प्रहरीमाथि हातपातसमेत गरेको प्रहरिले जानकारी दिएकाे छ । पक्राउ परेका श्रेष्ठमाथि अभद्र व्यवहार कसुरमा मुद्दा चलाइने प्रहरिले जानकारी दिएकाे छ ।