Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


बनेपामा स्कुटर चालककाे ज्यान गएपछि टिपरमा आगजनी, सडक पनि अवरूद्ध


819
Shares

काठमाडौं । काभ्रेको बनेपामा बुधबार बिहान टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओभन प्रधान रहेकाे प्रहरीले बताएकाे हाे । दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेका छन् । सोही टिपरले बागमती प्रदेश–०२९–०६३ प १९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियाे। सूर्यबिनायक(बनेपा सडक खण्डको बाटो निर्माणमा प्रयोग गरिएको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाउकाे छ।

टिपरले बनेपाबाट साँगातिर जाँदै गरेका स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेकाे प्रहरी कार्यालयले जनाएकाे छ।