Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


नेपाल र भारतबीच फौजदारी कानूनी सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

सम्झौताले न्याय निरूपणलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने

169
Shares

काठमाडौं । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार राति सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।मन्त्रिपरिषद बैठकले गत असोज ३० गते फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्ने निर्णय गरे अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिनुभयो । साेही सम्झौताले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीका क्रममा प्रमाण सङ्कलन र आदानप्रदान लगायत विषयमा दुवै देशका अधिकारीबीच सहयोग आदानप्रदान गर्न विधिवत मार्गप्रशस्त गर्ने उहाँकाे भनाइ छ।

प्रवक्ता अधिकारीले सम्झौताले नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान, अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण हुने बताउनुभयो ।