काठमाडौं । सरकारले भोजपुरमा संघीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले पिखुवा खोलामा ७ करोड ५० लाख, आरीखोलामा ३ करोड, वेहेरे खोलामा ३ करोड ५० लाख, खाल्डे पिखुवा खोलामा २ करोड ५० लाख, राउते खोलामा ३ करोड ५० लाख, कावाखोला ७ करोड ५० लाख र श्यामखोला ३ करोड ४२ लाखको लागतमा पक्की पुल निर्माण भएकाे बताउनुभएकाे हाे ।
त्यसैगरी, बङ्खुवा खोलामा २ करोड २५ लाख, गङ्खुवा खोलामा ४ करोड ५० लाख, सिक्तेल खोलामा ४ करोड, एखुवा खोलामा ६ करोड ६० लाख र चिरखुवा खोलामा ५ करोड ६३ लाखमा पक्की पुल निर्माण भएका छन् । साथै तामुटारमा ६ करोड ३५ लाखमा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेकाे कार्यालयले जनाएकाे हाे ।






प्रतिक्रिया दिनुहोस्