काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अन्तर्गत बुधबार समूह ‘डी’को एक र समूह ‘ए’का दुई खेल गरी तीन खेल हुने भएका छन्।
भारतको नयाँदिल्लीमा बुधबार बिहान सवा ११ बजेदेखि पहिलो खेलमा समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईबीच प्रतिस्पर्धा हुने भएकाे हाे । दक्षिण अफ्रिका तीन खेलमा तीन जित दर्ता गर्दै सुपर आठमा प्रवेश गरिसकेको छ । यूएई भने दोस्रो जितको खोजीमा रहेकाे हाे।
दोस्रो खेलमा भने समूह ‘ए’का पाकिस्तानले नामिबियाकाे सामना गर्ने भएकाे छ। यो खेल श्रीलंकाको कोलम्बुमा बुधबार दिउँसो सवा ३ बजेदेखि शुरु हुने भएकाे हाे । विश्वकपको सुपर आठमा प्रवेशका लागि पाकिस्तानमाथि यो खेल जित्नै पर्ने दबाब छ। यो समूहबाट भारत ६ अंकसहित सुपर आठ प्रवेश गरिसकेको छ। पाकिस्तान र अमेरिका समान चार-चार अंक बनाएर सुपर आठको प्रतिस्पर्धामा छन्। समान अंक भए पनि पाकिस्तान रनरेटका आधारमा पछाडि रहेकाले अघिल्लो चरण प्रवेशका लागि नामिबियाविरुद्धको खेल जित्नुपर्ने दबाब छ।
बुधबारको अन्तिम खेलमा समूह ‘ए’कै भारत र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे । यो खेल बुधबार बेलुका ७ बजेदेखि भारतको अहमेवादमा शुरु हुने भएकाे छ। भारत तीन खेलमा तीन जित निकाल्दै अघिल्लो चरण प्रवेश गरिसकेको छ । नेदरल्यान्ड्स तीन खेलमा एक जित निकालेर तालिकाको चौथो स्थानमा रहेकाे हाे।
अघिल्लो चरण गइसकेको भारत बुधारको खेलमा जित निकाल्दै समूह विजेता बन्ने लक्ष्य राखेकाे छ ।








प्रतिक्रिया दिनुहोस्