Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


जिम्बाब्वे टी-२० विश्वकपको ‘सुपर-एट’ मा पुग्याे


403
Shares

काठमाडाैं । जिम्बाब्वे आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा प्रवेश गरेकाे छ ।

श्रीलङ्काको पल्लेकेलेमा वर्षाका कारण समूह ‘बी’ मा आयरल्यान्डसँगको खेल रद्द भएसँगै जिम्बाब्वे १ अङ्क लिएर ‘सुपर–एट’ मा पुगेको हो । आयरल्यान्डले पनि १ अङ्क जोडेको छ । यो नतिजाले अस्ट्रेलिया र आयरल्यान्ड समूह चरणबाटै बाहिरिएका छन् । यो समूहबाट श्रीलङ्का ‘सुपर–एट’ मा पुगिसकेको हाे ।

यसअघि भारतको चेन्नईमा भएको समूह ‘डी’ को खेलमा क्यानाडालाई पराजित गर्दै न्युजिल्यान्ड ‘सुपर–एट’ मा पुगेको छ । न्युजिल्यान्डको जीतले क्यानडासहित, अफगानिस्तान र यूएई बाहिरिएका छन् । यो समूहबाट यसअघि दक्षिण अफ्रिका ‘सुपर–एट’ मा पुगिसकेको छ ।

त्यस्तै, समूह ‘ए’ बाट भारत, समूह ‘बी’ बाट श्रीलङ्का, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड ‘सुपर–एट’ मा पुगेका हुन् । अब ‘सुपर एट’ पुग्ने अन्तिम टोली बन्न समूह ‘ए’ का अमेरिका, पाकिस्तान र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएकाे छ ।