Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


कपिलवस्तुमा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्ककता


104
Shares

कपिलवस्तु ।
कपिलवस्तुका विभिन्न स्थानमा एकै दिन शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत बर्गदि पुल नजिकै सानो टिनको बट्टा शंकास्पद अवस्थामा भेटिएको थियो भने राजमार्गको ड्राईनाला नजिकै नक्कली बम फेला परेको थियो ।

अर्को शंकास्पद वस्तु बनकसबासा नजिकै तारले बेरिएको पहेँलो प्याकेटका फेला परेको थियो । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले यी तीन वटै स्थानका शंकास्पद वस्तु निस्क्रिय पारेका थिए ।

जिल्ला प्रशासन कार्यालयले कुनै शंकास्पद वस्तु देखिए अनावश्यक हल्ला नफैलाउन र प्रशासनमा खबर गर्न भनेको छ । सुरक्षा निकायले चेकजाँच तीब्र बनाउनुका साथै गस्ती पनि बढाएका छन् ।