Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


प्रधानमन्त्रीका आकांक्षीहरुलाई सभापति थापासँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती


104
Shares

काठमाडौं ।
नेपाली काँग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरुलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिनुभएको छ ।

मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो चुनौती दिनुएको हो । नेपाली काँग्रेस जस्तोसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको उहाँको भनाइ छ । उहाँले सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरुलाई सार्वजनिम बहस र संवादका लागि तयार हुन आग्रह पनि गर्नुभयो ।

प्रदेशका मुख्यमन्त्री समेत रहेका यादवले पार्टी बुधवार मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने उल्लेख गर्दै उक्त सभामा सहभागि हुन सबैमा अपिल समेत गर्नुभयो । सबै नागरिकले मुलुक निर्माणको जिम्मेवारी बोध गर्दै कार्यक्रममा उपस्थित भई शीर्ष नेताहरुको सम्बोधन सुन्न सबैमा आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यदि कोहीले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार ठानेको छ भने काँग्रेस सभापति गगनकुमार थापासँग संवाद गरोस् । नेपाली काँग्रेस जुनसुकै चुनौतीको सामना गर्न तयार छ । खुला संवादका लागि हामी सबै प्रधानमन्त्रीका उम्मेदवारहरुलाई आह्वान पनि गर्न चाहान्छौँ । भोलि हामी यहीँबाट पार्टीको घोषणापत्र सार्वजनिक गर्न गइरहेका छौँ । सबैले आफूलाई मुलुक निर्माणको लागि जिम्मेवार ठानेर भोलिको आम सभामा उपस्थित हुनुहोस् ।’ पार्टीले ‘भिजन १०’को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको जनाएको छ ।