Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


पैदलयात्रीलाई कुट्ने व्यक्ति पक्राउ


3.1k
Shares

काठमाडाैं ।

गाडीबाट ओर्लिएर पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

ट्राफिक प्रहरीले काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा कार चालक पारस बमलाई पक्राउ गरेको हाे।

अहिले उनलाई ट्राफिक कार्यालय रामशाह पथ लगिएको छ । उनले चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए । पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

उनले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ । ट्राफिक प्रहरीले घटनाको विवरण अनुसार आवश्यक कारबाही अघि बढाएको जनाएको छ।