Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो पार्टी बन्छ : अग्निप्रसाद सापकोटा


13
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गर्नुभएको छ ।

मंगलवार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । देशभरीबाट आएको रिर्पोटको आधारमा आफ्नो पार्टी निर्वाचनबाट पहिलो पार्टी बन्ने निष्कर्षमा आफूहरु पुगेको नेता सापकोटाको भनाई थियो ।

उहाँले निर्वाचनको गरिमामा आँच नआउने गरी समाचार प्रशारण तथा प्रकाशन गर्न पनि आम सञ्चार माध्याम नचुक्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

नेता सापकोटाले भन्नुभयो, ‘नेपाली प्रेसले परिवर्तनको पक्षमा योगदान दिँदै आएको र त्यसलाई अझ सशक्त ढंगले अघि बढाउने कुरामा मैले जोड दिन चाहेको छु । आज विहानको समेत रिर्पोट र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ ।

नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट आईराखेको छ देशभरीबाट ।’
नेता सापकोटाले निर्वाचनमा आचारसंहिता कार्यान्वयनको विषयमा गम्भिर हुन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराउननुभयाे ।