Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


कक्षा १२ को परीक्षा आगामी वैशाखमा हुने (विज्ञप्तिसहित)


169
Shares

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि शुरु हुने जनाएकाे छ ।

बोर्डले मंगलबार साेही परीक्षाकाे तालिका सार्वजनिक गरेको हो । वैशाख १४ गतेदेखि शुरु हुने परीक्षा २७ गतेसम्म संचालन हुने भएकाे छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको हाे ।

त्यसअघि एसईईको परीक्षा आगामी चैत्र १९ गतेदेखि सञ्चालन हुने भएकाे छ ।