Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


पाकिस्तानमा विष्फोट हुँदा २ जनाको ज्यान गयाे, १२ घाइते


65
Shares

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सोमबार भएको विष्फोटमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

विष्फोटमा परी अन्य १२ जना घाइते भएका हुन् । स्थानीय अधिकारीका अनुसार यो विष्फोट बन्नु जिल्लाको मिरियान पुलिस स्टेशनको मुख्य गेट अगाडि साेमबार बिहान १० बजे भएको थियो । सुरक्षा बल र उद्धार टोलीहरू घटनास्थलमा पुगेका थिए र घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍याइएको छ । जसमा केहीको अवस्था चिन्ताजनक भएकाे जनाइएकाे छ । प्रहरीले विष्फोटको प्रकृतिकाे बारेमा अनुसन्धान भइरहेको जनाएको हाे ।

खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्डीले विष्फोटको निन्दा गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएकाे छ।