Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


बंगलादेशमा बीएनपीका अध्यक्ष तारिकले आज नयाँ प्रधानमन्त्रीको रूपमा शपथग्रहण गर्दै

अन्तरिम सरकारले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण पनि गर्ने

13
Shares

एजेन्सी। बंगलादेशमा मंगलबार जननिर्वाचित सरकारले कार्यभार सम्हाल्ने भएकाे छ।

निर्वाचनबाट बहुमतमा पुगेको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा मंगलबार प्रधानमन्त्रीका रुपमा पद तथा गाेपनीयतकाे शपथ ग्रहण गर्नुहुने भएकाे हाे । विद्यार्थी आन्दोलनपछि सरकार अपदस्त हुँदा बनेको अन्तरिम सरकारले निर्वाचन गरेर १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न लागेको छ ।

यहि फेब्रुअरी ज्१२ तारिखमा भएको निर्वाचनमा बीएनपी गठबन्धनले २ सय १२ सिट जितेर दुई तिहाइ बहुमत हासिल गरेको छ । बंगलादेशमा मंगलबार संसद सदस्यहरूको शपथ ग्रहणसँगै दिउँसाे बीएनपीका अध्यक्ष तारिकले प्रधानमन्त्रीका रुपमा एक समाराेहकाबीच शपथ ग्रहण गर्नुहुने बीबीसीले जनाएको छ ।